
बाजुरा— बाल साहित्यकार गौरब विष्ट ‘समर्पण’ को पहिलो कृति “प्रिय बाम्का” नामक काव्य लेख संग्रह आगामी मंसिर १ गते औपचारिक रूपमा विमोचन हुने भएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा केन्द्रित यस काव्य संग्रहमा लेखकले आगलागीपछि बाम्काको पुनर्जन्म, मानवीय संवेदना र माटोप्रतिको आत्मीयता कवितामार्फत चित्रण गरेकाे लेखक बिष्टले बताएका छन ।
‘प्रिय बाम्का’ केवल एउटा साहित्यिक कृति होइन, बाम्काको आत्मा र स्मृतिलाई पुनः जीवित पार्ने प्रयास हो। लेखक विष्टका अनुसार,“यो पुस्तक राख माथिबाट उम्रिएको आशाको फूल हो, जहाँ पीडा र उज्यालो दुबै छन्।”
कार्यक्रममा स्थानीय साहित्यकार, शिक्षक, विद्यार्थी र समाजसेवीहरूको उपस्थिति रहनेछ।विमोचन समारोहमा पुस्तकका केही अंशहरू वाचन गरिने र लेखकले आफ्नो लेखकीय यात्रा तथा बाम्कासँगको आत्मीय सम्बन्धबारे अनुभव बाँड्ने कार्यक्रम पनि तय गरिएको छ।
साहित्यिक क्षेत्रमा नयाँ स्वरका रूपमा उदाउँदै गरेका गौरब विष्ट ‘समर्पण’ले यो काव्य लेख संग्रहमार्फत स्थानीय भावनालाई राष्ट्रिय साहित्यिक धारामा ल्याउने प्रयास गरेका छन्।
