
तातेको छ बजार बारुदसँगै तेजाब आगो ताप्दैछ
डर लाग्छ बाहिर कोहि लगाएर नकाब आगो ताप्दैछ
आज अप्रिय खबर आउन सक्छ फेरि समाचारमा
काँडाहरूको बीचमा एक्लो गुलाब आगो ताप्दैछ।
आफ्नाहरूको अन्तिम संस्कार गरेर आयो ऊ
सामन्तीको पीडाको राखेर हिसाब आगो ताप्दैछ।
गरिबको झुपडी सल्काएर हात सेक्दैछौ तिमीहरु
जोगाउ तिम्रो महल समय छ खराब आगो ताप्दैछ
आँसु छ देशमा छोरो मारियो बीच सडकमा हिजो
सडक किनारमै कानुनको किताब आगो ताप्दैछ
आन्दोलन को एजेन्डा युवाको नेतृत्व कता हरायो
आन्दोलनको मूलसार पिएर सराब आगो ताप्दैछ
भुवन गाउँले
खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका ६ इन्द्रेणी पोखरी
