
कति राम्रो सुन्नलाइ बर्दिबास नाउ
सबैजना घुम्नलाइ माइस्थानतिर आउ
माथी हेर कति राम्रो खयरमारा र पाटु
सललल बग्दै आइन कमलामाइ र रातु
माया गरे बर्दिबास हर्ष र उमंग
फुलबारीमा फुलको बास्ना मगं मगं
सबैले लागाउछन यहाँ रुद्री अनि चण्डी
हाम्रो सिमाना छुन्छ धनुषा ,सिन्धुली र लालबन्दी
मालाकारले कति राम्रो बुन्छन है माला
चौलिखातिर कति राम्रा झुल्छन धनका बाला
बजारमा पाइन्छन् अनेक थरी तरकारी
बर्दिबासलाई माया गरौ हामी सधैभरी
