
बाजुरा– लामो समयदेखि दुवै मृगौला फेल भएर अस्पतालको शैयामा रहेकी बाजुराको खप्तड छेडेदह गाउँपालिका ५ डोगडीकी सुनिता रावतको निधन भएको छ । उनको उपचारको क्रममा सोमवार बिहान सेती प्रादेशिक अस्पताल धनगढीमा निधन भएको हो ।
१६ बर्षकी सुनिताको दुवै मृगौला फेल भएर लामो समयदेखि उपचारको क्रममा अस्पतालको शैयामा रहेकी थिइन् । सुनिता पहिले देखि नै पेट दुख्ने लगायतका समस्याले ग्रसित थिइन् । सुनितालाई सुरुमा उपचारका लागि धनगढीबाट रेफर गरेर काठमाडौं स्थित टिचिङ अस्पतालमा डाइलासिस भइरहेको थियो ।
तर आर्थिक समस्याले गर्दा सहज उपचार गर्न नसकेपछि गत साउनमा फेरी सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उक्त अस्पतालमा उपचाररत सुनितालाई बचाउनका लागि पहल गरे पनि नसकिएको परिवारले जनाएको छ । उनको सोमवार नै अन्त्यष्टि गरिएको छ ।
त्यस्तै, उनको दुवै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले लाखौ रुपैयाँ खर्च लाग्ने उपचारका लागि परिवार सहित, खप्तड छेडेदह गाउँपालिका लगायतले आर्थिक सहयोग संकलन अभियान समेत सुरु गरेको थियो ।
तिहारको दिनमै सुनिताको निधन भएपछि पुरै गाउँ शोकमा डुबेको छ । “दाजु डम्मर रावतले भने, बहिनालाई चाडैं ठिक हुन्छ भन्ने आशमा थियौं तर लक्ष्मीपूजाकै दिन उनको निधन हुँदा परिवार शोकमा डुबेको छ ।”
