शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कला /साहित्य
  • कुरा काटेर मेरै हल्ला चलेको छ

कुरा काटेर मेरै हल्ला चलेको छ

  • सोमवार, कार्तिक ४, २०८२
कुरा काटेर मेरै हल्ला चलेको छ

          गजल
कुरा काटेर मेरै हल्ला चलेकोछ
दुई चार कुरा थपेरै हल्ला चलेकोछ

म त उठेको पनि थिएन बिहानै
आज सबेरै सबेरै हल्ला चलेकोछ,

चल्ने थिएन होला म छुचो भए
म शान्त छू बुझेरै हल्ला चलेकोछ ,

के गर्दैछस् भन्नुहुन्छ बाआमा पनि
चोक गल्लीहरूमा तेरै हल्ला चलेकोछ,

ओ गौरव यसरी किन चुप बसेको ?
हेर त ? कति धेरै हल्ला चलेकोछ

गौरब विष्ट ‘ समर्पण ‘

चर्चामा

सम्बन्धित समाचार