शुक्रबार, मंसिर २०, २०८२

सुकेको फूल–कविता

  • आइतवार, कार्तिक ३, २०८२
सुकेको फूल–कविता

कविताको शीर्षक : सुकेको फूल
____________
बिहानीको घामको किरण ;शीतका थोपाहरू तप तप झरिरहेका छन्।
के तिमीलाई,
मेरा कलिला खुट्टामा अल्झाइएको पायल मात्र नजर आयो?
अल्झाइएको पायललाई खुट्टामै कैद बनाएर,
आफ्नो शरीरसँगै पसारो पार्यौ।
तिम्रा ती मेरा दाजु सम्मानका हातहरू, मेरा अङ्ग अङ्गमा सलबलाइरहे।
मैले स्वीकार गरिसके,
तिम्रा ती सोचहरूलाई घृणासहित सम्मान गरिसके।
तिमीले शरीर चुमेका डामहरू दाग बनी मनमा गाडिसके।
काका बितेको एक हप्ता नबित्दै; काकीको चरित्र केलाउने समाजमा, तिमीले त मेरा अङ्ग अङ्ग केलाएका छौं,
तिमीले काँडा सहित टिपेर गुलाफलाई टुक्राटुक्रा पारेका छौं।
तिम्री बहिनीलाई रजस्वला हुँदा काप्ने तिम्रा हातहरू,
तिमीले मेरो शरीरलाई रगतको खोलाले छ्यालव्याल पारेका छौं।
के भनुम र खोई भमरा बस्यो कि म माथि दैव लाग्यो थाहा छैन,
कापीका पाना खोल्न नपाई,
तिमीले मेरा फरियाको गाठो खोलेका छौं।
ऊ त्यहाँ हेरन, जुनेली रात ;झमझम पानी परेको ,
सानी नानी कहिल्यै नउठ्ने गरी लम्पसार परेको।
मेरा बाबुले स्पर्शले दिएको चोली र फरिया ,
१० वटा थाङ्ना बनेको छ।
छोरीको शरीरको हाल देख्दा ,
बाबुको मन बेहाल भएको छ।
तिम्रो स्वार्थलाई मेरो शरीरले सहारा दिएको छ,
तिम्रो गिद्दे नजरले मलाई रस्सीको सहारा दिएको छ।
अब महसुस गर न, सानी नानीको पछिपछि धेरै मलामीहरू ,
धेरै पीडा र थोरै खरानीहरू ।
धेरै पीडा र थोरै खरानीहरु।।
नाम: रक्षा ओझा ठेगाना: लेटाङ २, मोरङ

                             धन्यवाद

चर्चामा

सम्बन्धित समाचार