
बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा संचालन भएको ‘बाजुरा कप फुटबल प्रतियोगिता २०८२ को उपाधि साइनिङ स्टार युथ क्लब कोल्टीले हात पारेको छ । मंगलवार सम्पन्न प्रतियोगितामा खेलको निर्धारित समयमा दुवै टिमले १/१ गोलको बराबरीमा खेलेका थिए भने थप पाँच पाँच मिनेटमा दुबै टिमले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा रानीवनलाई हराउँदै साइनिङ स्टारले उपाधि जितेको हो ।
मालिका माविको खेलमैदानमा भएको प्रतियोगिताको सेमिफाइनलमा ४ वटा टिम प्रवेश गरेका थिए । सेमिफाइनलमा साइनिङ स्टार कोल्टीले मार्तडी स्पोटस् युथ क्लबलाई ३–० गोलले हराउँदै फाइनलको यात्रा तय गर्यो । त्यस्तै रानीवनले मार्तडी क्याफे १–० गोल गरेर फाईनलमा प्रवेस गरेको थियो ।
प्रतियोगिताको विजेता बनेको साइनिङ स्टार कोल्टीले ६१ हजार नगद सहित मेडल र प्रमाण पत्र पाएको छ । भने उप विजेता रानीवनले ३२ हजार पुरस्कार सहित प्रमाण पत्र र मेडल पाएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी जीवन रावल, उत्कृष्ट गोल किपर शेखर धामी, उत्कृष्ट डिफेन्डर अशोक विक, राइजिङ प्लेअर सुनिल नेपाली घोषित भएका छन् ।
यहीँ असोज २२ गतेबाट सुरु भएको बाजुरा कप फुटबल प्रतियोगितामा २० वटा टिम सहभागी भएको आयोजकले जानकार दिएको छ । जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने विश्वास सहित प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक हिमाल बडुलालले बताएका छन् ।प्रतियोगिता संचालनमा सहयोग पुगोस भन्ने हेतुले खेलको मालिका माविले फिल्ड उपलब्ध गराएको थियो भने प्रायोजन दिनेश टे्रर्डस एण्ड सप्लार्यस, निको रेष्टुरेन्ट सहीतले गरेका थिए ।त्यस्तै आयोजक टिमले प्रतियोगिता शान्त र सभ्य वातावरणमा सञ्चालन भएर समापन भएको भन्दै सबैलाई धन्यवाद दिएको छ ।
