शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • माग सम्बोधन गर्ने प्रतिवद्धतापछि बुढीनन्दामा लगाएको ताला खुल्यो

माग सम्बोधन गर्ने प्रतिवद्धतापछि बुढीनन्दामा लगाएको ताला खुल्यो

  • बिहिबार, अशोज २३, २०८२
माग सम्बोधन गर्ने प्रतिवद्धतापछि बुढीनन्दामा लगाएको ताला खुल्यो

बाजुरा—बाजुराको बुढीनन्दा नगरपालिकामा लगाएको ताला खुलेको छ । पालिका र आन्दोलनकारी युवाहरु बीच सहमति भएपछि बुधवार साँझ ताला खोलिएको हो ।

युवाहरुले कोल्टी बजारमा खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था नभएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीपछि बुढीनन्दाका नगर उपप्रमुख राम बहादुर बोहरा नेतृत्वको टोलीसँग युवाहरुले संवाद गरेर एक हप्तामा खानेपानी र विद्युतको समस्या समाधान गर्ने प्रतिवद्धतापछि ताला खुलाएका हुन् । त्यस्तै, युवाहरुले पालिका भित्र देखिएको मनोमानी रोक्न तथा कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युतको व्यवस्था सहित नगर सरकारलाई जनताप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् ।

नगरपालिकाको केन्द्र कोल्टी बजारमा खानेपानी र विद्युतको व्यवस्था गर्न माग गर्दै पटकपटक स्थानीयहरुले आवाज उठाए पनि कुनै सुनुवाई नभएपछि युवाहरुले तालाबन्दी सहित आन्दोलन सुरु गरेका थिए । उनीहरुले एक सातामा खानेपानी र विद्युतको समस्या समाधान हुनु पर्ने र नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार