
बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका–२ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबिच झडप हुँदा तीन जना घाइते भएका छन् । मं बिहिबार राति भएको उक्त झडपमा त्रिवेणी–३ का १८ वर्षीय मनोज साँउद, २२ वर्षीय दिनेश साँउद र १६ वर्षीय तपेश साँउद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार मनोज साँउदको घाँटी, निधार र दाहिने हातमा चोट लागेको छ भने दिनेश साँउदको घाँटी र बाँया पाखुरामा चोट पुगेको छ । त्यस्तै, तपेश साँउदको दाहिने हातको नाडीमा सामान्य चोट लागेको बताइएको छ । ती घाइतेहरुलाई आफन्तले उपचारका लागि धनगडी लगेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न मध्य त्रिवेणी–५ का २० वर्षीय तेज बुढालाई प्रहरीले नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अन्य फरार दोषीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।को प्रहरीले जनाएको छ ।
