शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा भालुकाे आक्रमणबाट एक महिला घाईते

बाजुरामा भालुकाे आक्रमणबाट एक महिला घाईते

  • बुधबार, अशोज ८, २०८२
बाजुरामा भालुकाे आक्रमणबाट एक महिला  घाईते

बाजुरा– बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुकाे आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छन्। घाईते हुनेमा वडा नम्बर ३ धनाल्तका भिम रावतकी ४५ बर्षकी श्रीमती जाैकला रावत रहेकी छन्। उनलाई मेलागडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेर  घाईते बनाएकाे स्थानियले बताएका छन ।

रावत बजारबाट काक्रा बिक्रि गरेर घर फर्किने क्रममा भालुले आक्रमण गरेकाे खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथले बताएकी छन्। उनका अनुसार,गम्भीर घाईते भएकी रावतकाे पाखुरा,खुट्टा र टाउकाे र मुखमा घाउ लागेकाे बताएकी छन्। उनकाे अहिले जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार