शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाग्मती प्रदेश
  • बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

  • बुधबार, अशोज १, २०८२
बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

काठमाडौं —बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले राजीनामा दिएका छन्। नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजिनामा दिएको उनको पत्रमा उल्लेख छ।

‘गत भाद्र २३ गते जैन जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भाववियोल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरआत्मामा लाग्यो र भाद्र २४ गते नै सामाजिक संजालबाट राजिनामा गर्ने घोषणा गरेँ ।’ राजीनामा पत्रमा भनिएको छ,‘तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद हुन्। उनलाई तत्कालीन सत्तारुढ गठबन्धन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र हाम्रो नेपाली पार्टीले समर्थन गर्दै सभामुखमा विजयी गराएको थियो।

चर्चामा

सम्बन्धित समाचार