शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • सिर्जनशील मिडिया ग्रुप मेम्बर बिच भेटघाट भक्तपुरमा सम्पन्न

सिर्जनशील मिडिया ग्रुप मेम्बर बिच भेटघाट भक्तपुरमा सम्पन्न

  • आइतवार, भदौ १५, २०८२
सिर्जनशील मिडिया ग्रुप मेम्बर बिच भेटघाट भक्तपुरमा सम्पन्न

गौरब विष्ट/बाजुरा– सिर्जनशील मिडिया ग्रुपले आयोजना गरेको पारिवारिक भेटघाट कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको छ। समूहका सदस्यहरूको व्यापक सहभागितामा सम्पन्न यस कार्यक्रमले आपसी सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका सहभागीहरूले “अनजान मानिसलाई समेत परिवारको सदस्य सरह आत्मसात गर्न सकिन्छ” भन्ने जीवन्त उदाहरण प्रस्तुत गरेकोमा समूहप्रति आभार व्यक्त गरेका छन। सहभागिहरुले यस भेटघाट कार्यक्रम लाई अविस्मरणीय स्मृति बनाउँदै, भविष्यमा निरन्तर यस्ता कार्यक्रमले पारिवारिक सम्बन्ध र आपसी सहकार्यलाई अझ गहिरो बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्

साझा भावना, आत्मीय संवाद र सकारात्मक सोच आदान–प्रदान का साथै रचना वाचन गरिएको उक्त भेटघाटले सिर्जनशील मिडिया ग्रुपलाई मात्र होइन, समग्र समाजलाई पनि एकताको प्रेरणा दिएको सहभागीहरूको धारणा थियो। सिर्जनशील मिडिया ग्रुपका प्रतिनिधिहरूले यस किसिमका गतिविधि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति आभार प्रकट गरेका छन्।

उक्त ग्रुपका अनुसार यस्ता भेटघाटहरूले समूहभित्रको सम्बन्ध मात्र होइन, समाजमा सकारात्मक सोच र सामूहिक सहकार्यको वातावरण सिर्जना गर्न पनि सहयोग पुग्नेछ।

चर्चामा

सम्बन्धित समाचार