शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाग्मती प्रदेश
  • चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

  • शनिबार, भदौ ७, २०८२
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

चितवन —चितवनमा स्क्रब टाइफसबाट शनिबार एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।

यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ ।

चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

चर्चामा

सम्बन्धित समाचार