
स्वागत गर्छौ जनतालाई तिजको भाकामा -२
२०८२ को सुभकामना -३
कसरी सुनाऊ आज देशकोको
बेहाल -२
लिपुलेक र कालापानी भयो बर्बाद
स्वागत गर्छौ
२०८२ को
दार्चुला र कालापानी नेपालको
पर्दछ -२
भारतिय सैनिकहरू जानु पर्दछ
स्वागत गर्छौ
२०८२ को
भारत र चिन मिली हाम्रो जमिन
खांदै छौ -२
फिर्ता भयन भोली हामी
मुद्दा लडने छौ -३
स्वागत गर्छौ –
२०८२ को –
जनतालाई पिरलो दिनदिनै
बढदै छ-२
महंगी चुलिएर आकाश छुदै छ
स्वागत गर्छौ
२०८२ को
अत्याचारले गरिबका झुप्रा झनै
तडपिए -२
शहर भरी नेताका महल टल्किए
स्वागत गर्छौ –
२०८२ को –
फेरी पनी हुकुमी शाषन चल्दैछ-२
जनताका अधिकार कुल्चि
हिंडदै छ
स्वागत गर्छौ-
२०८२ को –
जनतालाई भरेंग बनाई सरकार
बनाए-२
हक मांग्दा जनतालाई गोली बर्षाए
स्वागत गर्छौ-
२०८२ को –
देशको तस्वीर कस्तो होला
संबिधानमा बनेन-२
अन्याय र भस्टाचारको शाषन
हटेन
स्वागत गर्छौ –
२०८२ को –
भारत र चाईना देश साम्राज्य
मुलुक-२
हाम्रो देश खान लाए उठौ जुरुक्क
स्वागत गर्छौ –
२०८२ को –
उठनु पर्छ किंसान ज्यामी
एकतामा जुटेर -२
मास्नुपर्छ देशका बैरी जनता
मिलेर
स्वागत गर्छौ –
२०८२ को –
देशको माटो जोगाउन
सयौं फुल फुलाउन-२
नंया नेपाल निर्माण गरी
संसार चिनाउन
स्वागत गर्छौ जनतालाई तिजको भाकामा -२
२०८२ को सुभकामना -३
