शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • फुटबल
  • यु–१७ महिला फुटबल टोली आज भुटान जाँदै

यु–१७ महिला फुटबल टोली आज भुटान जाँदै

  • सोमवार, भदौ २, २०८२
यु–१७ महिला फुटबल टोली आज भुटान जाँदै

१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोली आज भुटान प्रस्थान गर्दैछ । यही भदौ ४ देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, भुटान र बङ्गलादेश सहभागी हुँदै छन् । सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले भदौ ४ र १३ गते भारतसँग, ६ र १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीलाई आइतबार नै बिदाइ गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार