
बाजुरा– हिमाली गाउँपालिका वडा नं १ विच्छयामा आएको बाढीले कवाडी खोला लघुजलविद्युत्त आयोजना पुर्णरुपमा क्षेती पुर्याएकाे छ । बाढीले विद्युत्त गृह, नहर र विद्युत्ति सामाग्रिमा समेत क्षेति पुग्दा सेवा अवरुद्ध भएको हो । बाढीका कारण जलविद्युत्त आयोजनामा क्षेति पुग्दा हिमाली गाउँपालिकाका १२ सय घरधुरी अध्याँरोमा रहने भएका छन । गाउँपालिकाको वडा नं ४, ५ र ६ वडाका स्थानीय विद्युत्त सेवाबाट बञ्चित भएका गाउँपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाढीले स्थानीयका घर, सरकारी तथा निजि भवन, विद्यालय वडा नं १ को वडा कार्यालय भवन, बिच्छ्या मावि, बिच्छ्या स्वास्थ्य चौकी, झोलङ्गे पुल उच्च जाेखीम तथा संरचनामा ठुलो क्षेति पुगेको जनाएकाे छ । बिच्छ्यामा ७ घर र कुवाडीमा ११ घर गरी १८ वटा घरमा पूर्ण रुपमा क्षेति पुगेको छ । खेतीयाेग्य जमिन समेत बगाएकाे हिमाल गाउँपालिकाले जनाएकाे छ ।
एकैदिनको बाढीले घरसहित खेतबारी बगाएपछि घरवार विहिन भएका स्थानीयले सरकारसंग तत्काल उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन । बाढी प्रभाबित क्षेत्रमा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की र स्वास्थ्य संयोजक राजबहादुर भण्डारी लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ । वाढिले क्षेति पुरयाएको जानकारी पश्चात गएको गाउँपालिकाको टोलीले प्रभावित स्थल र स्थानीयको स्थलगत अवलोकन गर्दै राहात, उद्धार र वसाई ब्यवस्थापनमा जुटेकाे हिमाली गाउँपालिकाले जनाएकाे छ ।
