शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बडीमालिकामा ज्यान गुमाएका दुवै जनाको शव नेपाली सेनाको हेलिकप्टरद्धारा सुर्खेत लगियो

बडीमालिकामा ज्यान गुमाएका दुवै जनाको शव नेपाली सेनाको हेलिकप्टरद्धारा सुर्खेत लगियो

  • आइतवार, साउन २६, २०८२
बडीमालिकामा ज्यान गुमाएका दुवै जनाको शव नेपाली सेनाको हेलिकप्टरद्धारा सुर्खेत लगियो

बाजुरा—बाजुराको बडीमालिकाको बिष्णु पानी नजिकैको भिरबाट लडेर ज्यान गुमाएका दुवै जनाको शव नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ । आइतबार दिउँसो नाटेश्वरी मन्दिर क्षेत्र दुधदिल्ली गैरा भन्ने स्थानबाट दुवै जनाको शवलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो ।

२०८२ साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरी फर्कने क्रममा गरेर फर्किने क्रममा विष्णुपानी नजिकैको भिरबाट लडेर काठमाडौं गोकर्णश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा र साउन २३ गते बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको भिरबाट लगेर घटनास्थलमै मृत्यु भएको थियो ।

अप्ठ्यारो बाटो र प्रतिकुल मौसमका कारण दुवै जनाको शव बडीमालिका क्षेत्रको विष्णुपानी भिरमा अट्किएका थिए । दुवै जनाको शव नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली तथा स्थानीयहरुको सहयोगमा शनिवार भिरबाट निकालेको थियो भने आइतवार त्रिवेणी नगरपालिका ७ नाटेश्वरी मन्दिर क्षेत्रसम्म बोकेर पुगाएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए । बडीमालिका क्षेत्रमा प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सम्भव नभएपछि तलसम्म बोकेर आज दिउँसो शव सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।

भौगोलिक कठिनाइका कारण मृत्यु भएको करिब ४ दिनपछि सुरक्षा निकायको टोलीले शव भिरबाट निकाल्न सफल भएको छ । उक्त टोलीले रातदिन नभनि लगातार खटिएर शब निकाल्न सफल भएको जनाएको छ ।

हरेक बर्ष अप्ठ्यारो बाटोकै कारण बडीमालिका माताको दर्शन गर्न पुगेका भक्तजनहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने केहीले अकालमै ज्यान गुमाइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार