
बाजुरा — बडीमालिका नगरपालिका स्थित विष्णुपानी क्षेत्रमा भिरमा लडेर मृत्यु भएका दुई जना धार्मिक तीर्थयात्रीको शव नेपाली सेनाले निकालेको छ ।
२०८२ साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरी फर्कने क्रममा काठमाडौं जिल्लाको गोकर्णश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको घटना स्थलमै मृत्यू भएको छ भने, त्यस्तै बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी साउन २४ गते भिरबाट लगेर घटनास्थलमै मृत्यू भएको हो । दुवै जनाको शब बडीमालिका क्षेत्रको विष्णुपानी भिरमा अट्कोका थिए ।
भौगोलिक कठिनाइका कारण स्थानिय नेपाल प्रहरीले शव तत्काल उद्धार गर्न नसके पछि नेपाली सेना खटिएको थियो । उक्त कार्यका लागि नेपाली सेनाको बाजुरा जिल्ला स्थित ईस्वरीबक्स गुल्मका गुल्मपति कृष्ण तिमिलसेना स्वयं घटनास्थल पुगेर टोलीको नेतृत्व गरि रहेका छन् । सेनाको उद्धार टोलीले स्थानीय समुदाय र नेपाल प्रहरीको सहकार्यमा २०८२ साउन २४ गते साँझ शव निकाल्न सफल भएको ईश्वरीबक्स गुल्मका गुल्म पति कृष्ण तिमिलसेनाले जानकारी दिए । हिजो भिरबाट निकालेर आधिबाटोसम्म ल्याएका छौ भिरको अप्ठेरो बाटोमा शव बोक्न अप्ठेरो भएका कारण हिजो साझ आधिबाटोमा राखेको र विहान देखि शबलाई तल तिर ल्याउन काम जारी रहेको बताएको छ ।
भिरबाट निकालेर स्थानियको सहयोगमा शबलाई बाटोमा ल्याउदै छौ खराव मौसमका कारण हेलिकम्पटर माथि जान नसके पछि तल ल्याएर हेलिकप्परबाट पठाउने तयारी रहेको बताए ।
खतरनाक भिरालो भू–भाग, अवरोधपूर्ण बाटो र मौसमका चुनौतीहरू भए पनि नेपाली सेनाले उच्च अनुशासन, संयमता र द्रुत निर्णय क्षमता प्रदर्शन गर्दै कार्य सम्पन्न गरेको गुल्म पति तिमिल्सेनाले बताए । सेनाले उद्धारपछि मृतकको शवलाई नेपाली सेनाको हेलिकप्टर मार्फत पठाउने तयारी गरेको जनाएको जानकारी दिए ।
स्थानीय बासिन्दा र यात्रुहरूले नेपाली सेनाको यो मानवीय र पेशागत कार्यको उच्च प्रशंसा गरेका छन् । यो नेपाली सेनाको अनुकरणीय उदाहरण रहेको छ । नेपाली सेनाको संकटका बेला महत्व हुने गरेको नेपाल स्काउट सुदुरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाले बताए ।


