शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • उत्तर काशीको बाढीमा फसेका १३ नेपालीको उद्धार

उत्तर काशीको बाढीमा फसेका १३ नेपालीको उद्धार

  • आइतवार, साउन २६, २०८२
उत्तर काशीको बाढीमा फसेका १३ नेपालीको उद्धार

काठमाडौं– भारतको उत्तराखण्डको बाढीमा फसेका १३ जना नेपालीको उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । भारतको उत्तरकाशी जाने बाटोमा पर्ने धराली गाउँमा आएको बाढीपहिरोमा परेर सडक निर्माणमा संलग्न दर्जनौं नेपाली कामदार अलपत्र परेका थिए । केही नेपाली पहिरोमा परेर अझै हराइरहेका छन् ।

मंगलबार दिउँसो अचानक पहाड नै खसेर बग्दै आएको लेदोले सम्पूर्ण धरालीलाई क्षति पुर्‍याएको थियो । हालसम्म ५ जनाको मृत्यु पुष्टि भइसकेको छ । १ सयभन्दा बढी अझै बेपत्ता छन् । भारतीय सेनाका जवान पनि उक्त बाढीमा परेका छन् । ५० भन्दा बढी घर, ३० भन्दा बढी होटल र रिसोर्ट तथा २५ होमस्टेहरू पूरै ध्वस्त भएका छन् ।

उद्धार गरिएका नेपालीमा वीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह (श्रीमान्, श्रीमती र छोरा), दिनेश र गंगा (श्रीमान् र श्रीमती), सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही छन् । उनीहरूको नेपालको ठेगाना भने खुल्न नसकेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उद्धार गरिएकामध्ये अधिकांश उतै बसोबास गर्न थालेको बुझिएको छ ।

उत्तरकाशीको धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्राको प्रमुख बाटो पनि हो  । त्यहाँबाट नजिकैको गन्तव्य भनेको गंगोत्री हो । जुन किलोमिटरको हिसाबले पनि २० किलोमिटर मात्र हो । त्यसो त यसअघि नै भारतस्थित नेपाली दूतावासले उक्त बाढीमा परेर कम्तीमा २२ नेपाली बेपत्ता भएको र खोजीकार्य जारी रहेको बताएको थियो ।

चर्चामा

सम्बन्धित समाचार