
काठमाडौं — आज राति देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी र तराई भूभागको साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
भोलि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभागका केही र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
