शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • नेपाली सेनाद्धारा बडीमालिकामा निशुल्क स्वास्थ्य शिबिर, ७ सय बढीले पाए सेवा

नेपाली सेनाद्धारा बडीमालिकामा निशुल्क स्वास्थ्य शिबिर, ७ सय बढीले पाए सेवा

  • शनिबार, साउन २५, २०८२
नेपाली सेनाद्धारा बडीमालिकामा निशुल्क स्वास्थ्य शिबिर, ७ सय बढीले पाए सेवा

पदम बहादुर सिंह/बाजुरा–नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्धारा बाजुराको बडीमालिकामा लागेको मेलामा निशुल्क स्वास्थ्य साहयता तथा शिबिर संचालन गरेको थियो । सेनाले शिबिर साउन २० गते देखी २३ गते सम्म सञ्चालन गरेको सेनाले जनाएको छ । शिबिर बाट ७ सय ५० जना भन्दा बढी उपचार तथा सेवा पाएको नेपाली सेनाले जनाएको छ ।


बडिमालिका मेलामा लेक लाग्ने तथा अन्य बिरामी हुने भएको सेनाले प्रत्येक बर्ष निशुल्क शिबिर सञ्चालन गर्ने गरेको ईश्वरीबक्स गुल्मका गुल्मपती कृष्ण तिमिल्सिनाले बताएका छन । ३ जना बिरामीलाई नेपाली सेनाले उद्धार गरि घर पठाएको थियो । त्रिबेणी र बडीमालिका मन्दिर परिसरमा गरि ३ ठाउमा स्वास्थ्य शिबिर संचालन गरिएको गुल्मपति तिमिल्सिनाले बताएका छन ।


ईश्वरीबक्स गुल्म बाजुराको आयोजनामा बडीमालिकामा लाग्ने मेलाको अवसरमा बिशशेज्ञ सहितको स्वास्थ्य शिबिर संचालन गरेको थियो । ३ जना सिकिस्त बिरामीको उपचारपश्चात घर पठाएको ईश्वरीबक्स गुल्म बाजुराका गुल्मपती सेनानी तिमिल्सेनाले बताए । हरेक बर्ष जनैपुर्णिमा अघिल्लो दिन अर्थात साउन शुक्ल चतुदर्शीको दिन लाग्ने मेला यस बर्ष साउन २३ गते लागेको थियो ।
बडिमालिका बाट फर्केर पुर्णिमाको दिनमा भने नोटेश्वरीमा मेला तथा पुजा लाग्ने गरेको छ । शनिवार अर्थात आज बिहान देखी नाटेश्वरी मन्दिरमा पुजाआजा भइरहेको छ ।


जात्राका लागि भक्तजनहरु एक हप्तादेखी हिड्ने गर्छन् । गुल्मपती तिमिल्सिनाका अनुसार यश बर्ष करिव ५ हजार भक्तजनहरू बडीमालिका पुगेका बताएका छन । उच्च स्थानमा रहेको बडिमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता बिरामीहरुको आकस्मीक उपचारका लागि नेपाली सेनाको स्वास्थ्य शिबिर संचालन गरेको सेनाले वताएको छ । अक्सिजन सहितको स्वास्थ्य शिबिर संगै नेपाली सेनाको हेलिकप्टर सदरमुकाम मार्तडीमा समेत स्टयानवाई राखीएको थियो ।


नेपाली सेनाले शिबिर सँगै बाटोमा हिड्ने पैदल यात्रीका लागि बाटो सम्बन्धी जानकारी खानेपानीको ब्यवस्थापन, अस्थाई शौचालय ब्यवस्थापनमा सहयोग गरेको थियो । तिर्थालुभक्तजनका लागि त्रिबेणी पाटन र बडीमालिका मन्दिर परिसरमा अस्थाई बासका लागि टेन्टको समेत ब्यबस्थापन गरिएको ईस्वरीक्स गुल्ममा प्रमुख गुल्मपती तिमिल्सेनाले बताएका छन ।

त्यस्तै मेला अवधिभर शान्तीसुरक्षा, भिड ब्यवस्थापन र मेला सम्पन्न पश्चात बडीमालिका सफाई अभियान लगायतका बिभिन्न कार्यक्रमहरु गर्ने सेनाले वताएको छ । यो पटक बडिमालिका दर्शन बाट फर्कने क्रममा २ जनाको लडेर मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार