शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका पुजाका लागि बाजुराको सरकारी टोली प्रस्थान

बडिमालिका पुजाका लागि बाजुराको सरकारी टोली प्रस्थान

  • मङ्लबार, साउन २१, २०८२
बडिमालिका पुजाका लागि बाजुराको सरकारी टोली प्रस्थान

बाजुरा– बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सरकारी डोल सहित प्रस्थान गरेको छ । बडिमालिका जान सदरमुकाम मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी र बडीमालिका नगरपालिकाकाे तर्फबाट वडाअध्यक्ष अर्जुन नाथकाे स‌ंयाेजक्त्वमा टोली प्रस्थान गरेको हो ।
No description available.

बडीमालिको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरी बिदाई गरेको छ । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका मन्दिरमा बिशेस पुजाआजा सहितको मेला लाग्ने गर्दछ । बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुर्ण धार्मिक स्थल बडिमालिका र बुढिनन्दा जाने भक्तजनहरु आजै देखी प्रस्थान गरेका छन ।
No description available.

 बाजुराका धार्मीक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मीक पिठमा साउन पुर्णिमाको अघिल्लो दिन चर्तुदशीको दिन पुजाआजा हुने गर्दछ । सो मेला भर्न जाने श्रदालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखी नै जान सुरु भएका भए पनि बडिमालिका जाने सरकारी टोली आज बिहानै प्रस्थान गरेको छ ।
No description available.

यस बर्ष साउन २३ गते बडिमालिका र बुढिनन्दामा पुजा लाग्ने भएको छ । पुजा गर्नुका साथै त्यँहा घुम्न जाने यात्रुहरुका साथै तिर्थालु भक्तजनहरु केही दिन पहिले देखी नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ ।  यो बर्ष यस अघिका बर्षभन्दा  धेरै संख्यामा श्रद्धालु भक्तजनहरुको बडिमालिका र बुढिनन्दामा जानेको संख्या बढ्न सक्ने अुनमान गरिएको छ ।
No description available.

पुजा तथा दर्शन गर्नका लागी देश भर बाट उल्लेखनिय रुपमा बडिमालीमा पुग्ने गर्दछन् । स्वदेशी मात्र नभएर विदेश भक्तजनहरु समेत बडिमालीका पुग्ने गर्दछन् । बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार