शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • हुम्लाको तिल गाउँमा आएको बाढीले ४ काठेपुल बगायो

हुम्लाको तिल गाउँमा आएको बाढीले ४ काठेपुल बगायो

  • बुधबार, साउन १५, २०८२
हुम्लाको तिल गाउँमा आएको बाढीले ४ काठेपुल बगायो

हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ नजिकको खोलामा आएको बाढीले चार वटा काठेपुल बगाएको छ । बाढीले तिल गाउँ जोड्ने ४ वटा काठेपुल, पानी घट्ट, सार्वजनिक कुलो र खोला छेउमा रहेको बुद्धको स्तुपामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए । खेतबारीमा रोपिएको उवामा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । साउन १२ गते दिउँसो चार बजेतिर हुम्लाको तिल गाउँमा एक्कासी बाढी आएको थियो ।

घटनास्थलमा सुनखानी प्रहरीचौकीबाट ५ जनाको टोली गएर क्षतिको विवरण संकलन गरेर ल्याइएको डिएसपी पोखरेलले बताए । प्रहरी टोलीसँग स्थानीयले गुन्छुसा खोलामा आएको बाढीले क्षति पुगेको बताएका थिए । क्षतिको सम्पूर्ण विवरण आउन भने बाँकी नै रहेको डिएसपी पोखरेलले बताए । हुम्लाको तिलगाउँमै गत जेठ १ गते पनि बाढी आउँदा क्षति पुगेको थियो । त्यतिबेला गाउँको सिरानमा रहेका हिमतालको पानी चुहिएर बाढी आएको विज्ञ टोलीले निष्कर्ष निकालेको थियो ।

चर्चामा

सम्बन्धित समाचार