शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाग्मती प्रदेश
  • बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • शुक्रबार, साउन १०, २०८२
बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

हेटौंडा —बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। शुक्रवार कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता लामाविरुद्ध २१ जना कांग्रेस संसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

बागमतीमा कांग्रेसका ३७ सांसद रहेका छन्। जसमध्ये २१ जना सांसदहरूको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई अविश्वास प्रस्ताव बुझाएका हुन्। मुख्यमन्त्री लामा नेतृत्वकाे सरकारले आव २०८२/८३ का लागि ल्याएकाे बजेटमा कांग्रेसभित्र चर्काे विवाद भएकाे थियाे । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारकाे नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेकाे एक सांसदले दाबी गरे ।

बागमतीकाे मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसभित्र अन्तरसंघर्ष चलिरहेकाे छ । बहादुर सिंह लामाकाे बहिर्गमन पश्चात मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँ अगाडि सरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सरकारकाे नेतृत्व परिवर्तन हुने स्पष्ट निर्देशन दिएपछि बानियाँ पक्ष अगाडि बढेकाे सांसदहरू बताउँछन् ।
१३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामासँग बागमती प्रदेश सभापति बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार