शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय युवा संघ बाजुराको संयोजकमा कार्की

राष्ट्रिय युवा संघ बाजुराको संयोजकमा कार्की

जिल्ला इन्चार्जकाे जिम्मेवारी दिनेशकुमार शाहीलाई

  • शुक्रबार, साउन १०, २०८२
राष्ट्रिय युवा संघ बाजुराको संयोजकमा कार्की

बाजुरा — राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्ला कमिटीको संयोजककाे जिम्मेवारी बिष्न बहादुर कार्कीलाई दिइएको छ । २०८२ असार ९ र १० गते बसेको राष्ट्रिय युवा संघ केन्द्रिय कमिटीको पूर्ण बैठकले कार्कीलाई बाजुरा जिल्ला कमिटी संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सो निर्णय अनुसार साउन ८ गते जिल्ला परिपत्र गरेर जिम्मेवारी तोकिएर आधिकारीकता दिएको संयोजक कार्कीले जानकारी दिएका छन् ।
संघको केन्द्रीय नेतृत्वले आगामी दिनमा संगठनलाई थप बलियो र सशक्त बनाउँदै युवाहरूको सहभागिता सुनिश्चित गर्न कार्कीको संयोजकत्वमा नयाँ कमिटी गठन गर्ने निर्णय गरेको बताएको छ ।

कार्की यो भन्दा पहिले राष्ट्रिय युवा संघ बाजुराको सचिव भएर संगठन निर्माणमा सक्रिय रहँदै आएका छन । संयोजकको जिम्मेवारी पाएपछि कार्कीले युवाहरूको हकहितका लागि अग्रसर भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले जिल्ला भर संगठन विस्तार, जागरण तथा नेतृत्व विकासमा प्राथमिकता दिने बतााएका छन् ।

युवा संघ नेपालले देशभर युवा सशक्तीकरण, सामाजिक रूपान्तरण तथा राष्ट्रनिर्माणमा युवाहरूको सक्रिय भूमिकाका लागि अभियान सञ्चालन गर्दै आएको सगठन हो ।

संयोजकको जिम्मेवारी पछि जिल्ला कमिटीको पुनर्गठनको जिम्मेवारी पनि कार्कीैलाई दिएको छ । कार्कीले जिल्ला ईन्चार्ज आउने बित्तिकैै कमिटीलाई पूर्णता दिने बताएका छन । त्यस्तै राष्ट्रिय युवा संघ नेपाल बाजुराकाे जिल्ला इन्चार्जकाे जिम्मेवारी दिनेशकुमार शाही (डेनिस) लाई ताेकिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार