
बाजुरा– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवसमा नेपाली काँग्रेस बाजुराले मंगलबार वृक्षारोपण गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको आयोजनाका सदरमुकाम मार्तडीमा रहेको पार्टी कार्यालय परिसरमा विभिन्न प्रजातीका बोट विरुवा रोपेर स्मृति दिवस मनाएको काँग्रेस बाजुराका उप सभापति पदमबहादुर बडुवालले जानकारी दिएका छन् ।
पार्टीले आयोजना गरेको कार्यक्रममा जिल्लास्थित पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधी कार्यकर्ता सहभागी थिए । विपीको सिद्धान्तलाई आत्मसाथ गर्दै काँग्रेसलाई बलियो र सुदृढ बनाउदै लैजानुपर्नेमा वृक्षारोपण पछि पार्टी उपसभापति बडुवालले प्रतिक्रिया दिएका छन् । विपीले गरेका राम्रा कामको अनुसण गर्दै पार्टीलाई एकतावद्ध र विपीको नितीलाई अवलम्बन गरी अघि बढ्न सबैलाई उप सभापति बडुवालले आग्रह गरेका छन्।
