
बाजुरा—नेकपा एमाले बडीमालिका नगरपालिका कमिटीले बिरेखोला झरना परिसर सरसफाई गरेको छ । बडीमालिका नगरपालिका ८ र ६ को सिमानामा अवस्थित बिरेखोला झरनामा बिहीवार सरसफाई कार्यक्रम गरेको हो ।
एमाले नगर कमिटी अध्यक्ष राजेश पायल विकले बर्षात सुरु भएसँगै बिरेखोलामा पर्यटकहरुको संख्या बढ्दै गएपछि फोहोररहित वातावरण बनाउन सरसफाई गरिएको बताए । उनले साउन संक्रान्तिको अवसरमा नगर कमिटीको आयोजनामा बिरेखोला झरना परिसरमा रहेको फोहोरलाई व्यवस्थापन गरिएको बताए ।
त्यस्तै नगर कमिटी अध्यक्ष विकले समग्र जिल्लाको विकास निर्माण लगायतका विषयमा विभिन्न निकाय तथा सरोकारवालाहरुसँग छलफल समेत गरिहेको बताए
पछिल्लो समय बिरे झरना आन्दरिक पर्यटकहरुको प्रमुख गन्तव्य बन्दै गएको छ । सदरमुकाम मार्तडी नजिकै रहेको बिरेखोला झरनामा बर्षातमा पानीको मात्रा बढेसँगै अवलोकन तथा मनोरञ्जनका लागि मात्रै दैनिक सय बढी पर्यटकहरु पुग्ने गरेका छन् ।
