शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • साउने संक्रान्तिका दिन बाजुराको बिरेखोला झरनाको आँगनमा देउडा

साउने संक्रान्तिका दिन बाजुराको बिरेखोला झरनाको आँगनमा देउडा

  • बिहिबार, साउन २, २०८२
साउने संक्रान्तिका दिन बाजुराको बिरेखोला झरनाको आँगनमा देउडा

बाजुरा—बाजुराको सदरमुकाम मार्तडी नजिकै रहेको बिरेखोला झरनाको पर्यटन प्रवद्र्वनका लागि देउडा कार्यक्रम गरिएको छ । आज साउने संक्रान्तिसँगै बिरेखोला झरनाको प्रवद्र्धन गर्ने उदेश्यका साथ देउडा विशेष कार्यक्रम गरिएको हो ।

बडीमालिका सामाुदायिक विकास समाजको आयोजना, नगरपालिका, सामाजिक विकास कार्यालयको सहयोग तथा वडा नं. ६ र ८ को समन्वयमा देउडा कार्यक्रम गरिएको छ ।

बडीमालिका नगरपालिका–८ र ६ को सिमानामा रहेको बिरेखोला झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनका लागि देउडा विशेष कार्यक्रम भएको आयोजकले जनाएको छ ।

त्यस्तै झरनाको पर्यटन प्रवद्र्धनसँगै स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ आयोजना भएको कार्यक्रममा देउडीया शंकर मल्ल, विष्णा विष्ट र पुने दानी लागयतबीच लाइभ देउडा भएको थियो । पुरुषहरू दाउरा–सुरुवा, कोट र महिलाहरू मखमली रातो चोली, कटन धोती र सेतो पटुकीमा सजिएर देउडामा रमाएका छन् ।

त्यस्तै, आज मात्रै बिरेखोलाको अवलोकन तथा मनोरञ्जनका लागि करिब एक हजार बढी आन्तरिक पर्यटकहरु त्याँहा पुगेका छन् । बर्षातमा झरनामा पानीको मात्रा बढेको र जताततै हरियाली मनोरम वातावरणसँग रमाउन पर्यटकहरु त्याँहा पुग्ने गरेका छन् । त्यस्तै बिरेखोला पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ ।

बिरेखोलामा घुम्ने आउने पर्यटकहरुका लागि प्रतिव्यक्ति २० रुपैयाँ टिकट समेत लगाइएको छ । नगरपालिकाले बिरेखोलाको पर्यटन प्रवद्र्धनसँगै भौतिक पूर्वाधारसँगै केही विकास गर्न सके आम्दानीको मुख्य स्रोत समेत बनाउन सकिने स्थानीयहरुको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार