
बाजुरा—बाजुराको बडीमालिका नगरपालिका ७ ले वडा स्तरीय उत्कृष्टता सम्मान–२०८२ बाट ६ जनालाई सम्मान गरेको छ । बुधवार एक औपचारिक कार्यक्रमकाविच विभिन्न क्षेत्रमा योगदान पुर्याउने वडाका ६ जनालाई सम्मान गरेको हो ।
वडा स्तरीय उत्कृष्टता सम्मानबाट बडीमालिका खबरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्याय सहित ६ जना सम्मानित भएको जनाएको छ । सरस्वती आधारभूत विद्यालयका शिक्षक हिरालाल पाध्याय, शहरी स्वास्थ्य केन्द्र ढम्कनेका प्रमुख अहेव राजेश्वरी बुढा र स्थानीय पर्यटन प्रवद्र्धनतर्फ पत्रकार लक्ष्मीराज पाध्याय, रेडियो पौरखीका गोविन्द राज तिमिल्सिना सम्मानित भएका छन् । त्यस्तै संस्थाका तर्फबाट वाईल बाजुरा संस्था, टोलमा सरस्वती टोल विकास संस्थाका अध्यक्ष दिपेश कुमार तिमिल्सिना सम्मानित भएका छन् । उनीहरुलार्ई दोसल्लासहित सम्मान पत्रले सम्मानित गरिएको जनाएको छ ।
वडा अध्यक्ष धर्मराज पाध्यायले सुशासन तथा पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मानित गरेको बताए । त्यस्तै उनले यो सम्मानले आगामी दिनहरूमा अझ प्रेरणादायी कार्यहरू गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिए ।

