शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • पर्यटनमन्त्रीको सचिवालयको समन्वयमा बाम्काका अग्नीपीडितलाई आर्थिक सहयोग

पर्यटनमन्त्रीको सचिवालयको समन्वयमा बाम्काका अग्नीपीडितलाई आर्थिक सहयोग

  • मङ्लबार, असार २४, २०८२
पर्यटनमन्त्रीको सचिवालयको समन्वयमा बाम्काका अग्नीपीडितलाई आर्थिक सहयोग

बाजुरा—बाजुराको बाम्का बजारका आगलागी पीडितलाई आर्थिक सहयोग भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको सचिवालयको पहलमा आर्थिक सहयोग भएको छ ।
पर्यटनमन्त्रीका मुख्य स्वकीय सचिव तालबहादुर रावतले सचिवालयको समन्वयमा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले आगलागी पीडितहरुलाई आर्थिक सहयोग गरेको बताए । आगलागी पीडितहरुलाई एक लाख ५० हजार रुपैयाँ सहयोग भएको उनले बताए ।
त्यस्तै मन्त्रीको सचिवालयसँगै पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मी लगायतको पहलमा उक्त रकम सहयोग भएको जनाएको छ । मन्त्री सहित पर्यटन विभागका महानिर्देशक डाक्टर रेग्मीको पहलमा यसअघि पनि आगलागी पीडितलाई ३ लाख ४५ हजार बढी सहयोग भएको छ ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको थिए ।
त्यसैगरी, आगलागी पीडितहरुका लागि हालसम्म एक करोड बढीको राहत सहयोग भएको छ ।

चर्चामा

सम्बन्धित समाचार