सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • समाज
  • भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

  • आइतवार, असार २२, २०८२
भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

भोजपुर– भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र सालाे ९ वर्षीय सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबीच मनिषाको विषयमा विवाद भएको थियो । राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए। विवाद हुँदा सासूले आफूलाई छुरा हानेको प्रारम्भिक बयान राजेन्द्रले दिएका छन् । त्यसपछि आक्रोशमा आएर श्रीमतीसहित सबैको ज्यान लिएको उनले सुरूवाती बयान दिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार