शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • अविरल बर्षाले कर्णाली करिडोरको बाजुरा सडकखण्ड अवरुद्ध

अविरल बर्षाले कर्णाली करिडोरको बाजुरा सडकखण्ड अवरुद्ध

  • शनिबार, असार १४, २०८२
अविरल बर्षाले कर्णाली करिडोरको बाजुरा सडकखण्ड अवरुद्ध
फाइल तस्विर

बाजुरा—कर्णाली करिडोर अन्तर्गत सुर्खेत– जुम्ला सडक अवरुद्ध भएको छ । शुक्रवार रातिको अविरल बर्षाले ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

बाजुराको जगन्नाथ गाउँपालिका ३ सिमलगौरा स्थित कर्णाली करिडोरमा अबिरल बर्षाका कारण सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध भएपछि शनिवार बिहानदेखि यातायात सेवा बन्द भएको छ ।

प्रहरीका अनुसार अहिले सो स्थानमा प्रहरीको टोली समेत पुगिसकेको छ । त्यस्तै अवरुद्ध सडक खुलाउन स्थानिय निकायसंग पहल भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार