• होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाकाे निती तथा कार्यक्रम : एक टोल एक गुरु अभियान

बडीमालिका नगरपालिकाकाे निती तथा कार्यक्रम : एक टोल एक गुरु अभियान

  • मङ्लबार, असार १०, २०८२
बडीमालिका नगरपालिकाकाे निती तथा कार्यक्रम : एक टोल एक गुरु अभियान

बाजुरा– बडीमालिका नगरपालिकाकाे एक टोल एक गुरु अभियान अन्तरगत कक्षा १२ वा स्नातक उर्तिण स्वयंसेवकमार्फत नैतिक शिक्षा निवन प्रविधी स्थानिय सिप, टोल सभा र सामाजिक विकृती बिरुद्धको अभियान संचालन गर्ने भएको छ । बडीमालिका नगरपालिकाको आिर्थक बर्ष २०८२/२०८३ को निती तथा कार्यक्रममार्फत सो अभियान संचालन गर्ने निती लिएको नगर प्रमुख अमर खड्काले बताएका छन । त्यसै गरि गाउँले गुरु पढ्दै सिक्दै कार्यक्रम, जिवनउपयोगी सिप सम्बन्धी तालिम कार्यक्रमहरु संचालन गरिने नगर प्रमुख खड्काले बताए ।
त्यसै गरि स्वास्थ्य क्षेत्रको सुधारका लागि स्मार्ट हेल्थ कार्यक्रम हेल्थ एसएमस र मुटुरोग जस्ता जटिल समस्या भएका नागरिकका लागि स्वास्थ्य शिबिर बिषेश शिबिर लगायतका कार्यक्रमहरु रहेको नगर उप प्रमुख नन्दा कुमारी थापाल ेबताएकी छन ।
त्यसै गरि कृषि क्षेत्रको बिकासमा प्राबिधक संग बारीमै अभ्यास कोदोको बिस्कुट उत्पादन र बजारीकरण उत्पादन खरित बिक्री कार्यक्रमहरु लागु गरिने भएको छ । उध्योग तथा रोजगारका लागि प्रम्परागत सिपको संरक्षण र आधिुनिककरण, राणी, पाखी, ठेकी आरन ब्यवासायमा युवा लक्षित रोजगारमुखी कार्यक्रमहरु गरिने भएका छन ।
बडीमालिको पर्यटन प्रबद्धन पर्यटन बिकास समिति गठन पर्यटकिय क्षेत्रको प्रचार प्रसार प्रबद्धानआत्मक नितिलाई नगर सभाबाट पारित गरिएको नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार