बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका–१ पाटामा रहेको दुर्गेश्वरी आधरभुत बिध्यायलयमा बृक्षारोपण गरिएको छ । पहिरोको उच्च जोखिममा परेको सो बिध्यालय परिसमा मानव संसाधन केन्द्र बाजुराको आयोजना तथा ह्यण्डिक्याप इन्टरनेशनलको आर्थिक सहयोगमा भेटिभर रोपण गरेको हो । ह्यण्डिक्याप इन्टरनेशनको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रमले विद्यालयको फिल्ड र भवनको सुरक्षा गर्नुका साथै दीर्घकालीन आम्दानीको स्रोत विकास गर्ने लक्ष्य राखेको एचआरसी बाजुराले जनाएको छ ।
बृक्षरोपण कार्यक्रममा एचआरीसी बाजुराका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले संयुक्त रूपमा २ हजार ५ सय भन्दा बढी भेटिभरका बिरुवा रोपेको एचआरसी बाजुराका परियोजना संयोजक रमेश सुनारले बताए । विद्यालय परिसरको सुरक्षा सुदृढ पार्नुका साथै भविष्यमा आम्दानीको स्रोतको रूपमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको उनले बताएका छन ।
भेटिभर घाँसको गहिरो र बलियो जराले माटोलाई मजबुत बनाउने र भूक्षय तथा पहिरो रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले, यसलाई जैविक इन्जिनियरिङ प्रविधिको एक प्रभावकारी उपाय मानिन्छ । नेपालमा विभिन्न स्थानहरूमा भेटिभरको प्रयोग सफल भएको छ, जसले बाढी, पहिरो र भूक्षय नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको छ ।