शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा – ७ बायल टोलमा खानेपानी अभाव

बुढीगंगा – ७ बायल टोलमा खानेपानी अभाव

  • आइतवार, असार ८, २०८२
बुढीगंगा – ७ बायल टोलमा खानेपानी अभाव

गौरब विष्ट/ बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाका वडा नं ७ का बासिन्दाहरू अहिले  खानेपानी संकटको चपेटामा परेका छन्।  धारा सुक्न थालेपछी खानेपानीकाे समस्यामा परेका हुन ।  धारामा थोपा पनि नआएपछि स्थानीयवासी खोल्सा, कुवा र टाढा टाढाका मुहानहरूमा भर पर्न बाध्य रहकेाे स्थानिय बताउनछन ।
“पानी नपाएर भाँडा माझ्न पनि मुस्किल छ,” स्थानीय बासिन्दाले दुःख पोखेका छन्, “साना बच्चा, बुढाबुढी सबैले घण्टौं पैदल हिँडेर पानी ल्याउनु पर्ने बाध्यता रहेकाे स्थानियले बताएका छन ।

“स्थानिय भन्छन गाउँमा एक घर एक धारा भएपनि धारामा पानी न आउने समस्या भएको  बताउछन ।  योजनाबारे हरेक पटक कुरा उठेपनि स्थायी समाधान अझै  नदेखिएकाे स्थानियले बताएका छन।

केही वर्षअघिको खानेपानी योजना मर्मत भएको भएपनि अहिले पूर्णरूपमा बन्द भएको स्थानीयहरूको गुनासो छ। केही पाइप फुटेका छन्, कतै स्रोतमै पानी सुकिसकेको छ। वडा कार्यालयका अनुसार समस्या समाधानको पहल भइरहेको छ। वडा अध्यक्षका अनुसार अबकाे केही दिन भित्र समस्या समाधान गर्ने प्रयास रहेकाे बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार