मुटुपिरो हुन्छ जब विदेशिहरू अपमान गर्छन्,
गोरखाली हरूलाई बद्नाम जानाजान गर्छन्।
यद्यपि उनिहरू हाम्रै रगत र पसिनाले बाँचेका,
आफ्ना समस्या हाम्रै पौरखले समाधान गर्छन्।
साध्य छैन राजा आउ देश बचाउ भन्न थालेका,
आजको जमानामा पनि निर्दलकै रटान गर्छन्।
मानिस जीवनको कलप्ना गर्छ आज चन्द्रमामा,
मंगल गह्रमा समेत मानिसहरू प्रस्थान गर्छन्।
देश भित्र अँझै बोक्सी र झाँक्रीका कथा हाल्दा,
अचम्भ लाग्छ आफै सँग किन वेइमान गर्छन्।