शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

  • शनिबार, जेष्ठ ३२, २०८२
एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मन्त्रालयले एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेको हो ।

कक्षा दश उतीर्ण पश्चात् विभिन्न शिक्षाका धारमा अध्ययन गर्नसक्ने भएकोले परीक्षा प्राणाली र मूल्यांकन मापदण्डमा एकरुपता कायम गर्न एसईई आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ ।

‘कक्षा दशको अन्तिम परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ,’ प्रस्तावमा भनिएको छ ।

एसईई परीक्षा बोर्डको समन्वय र सम्बन्धित शिक्षा कार्यालयको संयोजनमा सञ्चालन हुने मन्त्रालयको प्रस्तावमा छ । मूल विधेयक र उपसमितिको प्रतिवेदनमा एसईई समावेश गरिएको थिएन ।

चर्चामा

सम्बन्धित समाचार