
उसलाई थाहा छ बिना पानी कहाँ धान हुन्छ यहाँ,
त्यसैले होला मौसम समेत सधैँ वेइमान हुन्छ यहाँ।
आज प्रचण्ड गर्मिबाट राहत मिलेको छ हामिलाई,
हावा पानीमानै जिव जन्तुहरूको परान हुन्छ यहाँ।
भोको पेटले केही मेसो पाउँदैन मानि अल्मल पर्छ,
पेटभरी खाँदा पनि काम भन्दा उखान हुन्छ यहाँ।
हुन्छन् खानलाई जन्मेका र कोही बाँच्नलाई खाने,
सबैलाई यो संसारमा आ-आफ्नै ध्यान हुन्छ यहाँ।
मानिसको भविश्य समेत प्रकृतीको अधिन हुन्छ,
प्रकृतिको पनि मानव झैँ आफ्नै अडान हुन्छ यहाँ।
विद्यार्थि भन्छ म अब्बल भए पढेर डिग्री पाएको,
भुल्छ सफलतामा पनि गुरूकै योगदान हुन्छ यहाँ।
