शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका आगलागी पीडितका लागि उद्योग वाणिज्य संघद्धारा साढे तीन लाख हस्तान्तरण

बाजुराका आगलागी पीडितका लागि उद्योग वाणिज्य संघद्धारा साढे तीन लाख हस्तान्तरण

  • बुधबार, जेष्ठ २९, २०८२
बाजुराका आगलागी पीडितका लागि  उद्योग वाणिज्य संघद्धारा साढे तीन लाख हस्तान्तरण

बाजुरा– बाजुरा उद्योग वाणिज्य संघले बाम्का बजारका अग्नीपीडितका लागि सञ्चालन गरेको राहत संकलन अभियानबाट साढे तीन लाख रुपैयाँ संकलन भएको छ । उद्योग वाणिज्य संघले बुधवार एक विज्ञप्ति जारी गर्दै उक्त अभियानमार्फत ३ लाख ५४ हजार एक सय पचास रुपैयाँ संकलन भएको जनाएको छ ।
आगलागीबाट पीडितहरुका लागि संचालन गरेको राहत संकलन अभियानमा उद्योग वाणिज्य संघका कर्मचारी र व्यवसायीबाट सो रकम संकलन भएको उल्लेख गरिएको छ । त्यस्तै उक्त रकम स्थानीय जनप्रतिनिधिमार्फत सम्बन्धित पीडित व्यवसायीहरुलाई उपलब्ध गराइएको बाजुरा उद्योग वाणिज्य संघका महासचिव रमबहादुर शाहीले बताए ।
त्यस्तै प्रेस विज्ञप्तिमार्फत उद्योग वाणिज्य संघले पीडितका लागि राहत, पुनःस्थापनाको पहलसँगै उक्त अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
यहीँ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट करिब २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार