
किन हुँन्छ मरेपछि स्वर्ग जाने रहर मान्छेलाई,
देख्छौँ धुवाँ बनी उडेको हुँदैन असर मान्छेलाई।
हामिले देखेको भोगेको यही चोला यसैमा सबै,
किन हुनसक्दैन यथार्थ कुराकै खबर मान्छेलाई।
चमत्कार खोज्दाखोज्दै सिद्यिन्छ यो चोला पनि,
सधै ट्वाल पर्छ अनि हेरिरहन्छ बगर मान्छेलाई।
यो जिन्दगी हो छोंटो सम्झिए छोंटो नत्र छ लामै,
नगरि सुख्ख हुँदैन शङ्घर्ष र सफर मान्छेलाई।
भला गरे भलै हुन्छ मन मष्तिक सबैसँग हुँनेहुदा,
विवेकसिल मानिसको नै हुन्छ कदर मान्छेलाई।
फरक यित्ती छ पशु त मरेर पनि हुन्छन् बिक्री,
मान्छे जिउँदै बिक्छन् मरे हुन्छ डर मान्छेलाई।
