सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

  • मङ्लबार, जेष्ठ २८, २०८२
आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा जनाइएअनुसार आईफोन- १७ मा तीव्र गतिको वायरलेस फास्ट चार्जिङ प्रदान गर्नेछ । पछिल्लो समय सार्वजनिक भएका रिपोर्ट अनुसार यस पटक एप्पलले म्यागसेफ चार्जर अपडेट गर्ने सम्भावना धेरै छ । यसबाट आईफोन प्रयोगकर्ताहरूले द्रूत गतिमा चार्जिङ सुविधा पाउनेछन् ।

यो ५० वाटको हुनसक्ने दाबी गरिएको छ । यो चार्जिङ क्षमता हाल कायम म्यागसेफ चार्जिङ क्षमताभन्दा लगभग तीन गुणा बढी हो ।

दुई किसिमका यस्ता म्यागसेफ चार्जरको मोडल नम्बर ए३५०२ र ए३५०३ हुने दाबी गरिएको छ । ताइवानको राष्ट्रिय सञ्चार आयोगको डेटाबेसमा यसबारे सर्वप्रथम जानकारी दिइएको थियो । यी चार्जरको डिजाइन र वाह्य आवरण पुरानैजस्तो देखिने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार