शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • भ्रष्टाचार वेइमान पनि जुडेको परान

भ्रष्टाचार वेइमान पनि जुडेको परान

  • मङ्लबार, जेष्ठ २८, २०८२
भ्रष्टाचार वेइमान पनि जुडेको परान

इमानको लागि पनि लडाई वेइमान सँग हुन्छ,
तिमि एक्लै भएपनि लडाई खानदान सँग हुन्छ।

यो समाजमा बिभिन्न खाले मानिसहरू हुँनेहुँदा,
समस्याको पनि समस्या त्यो बखान सँग हुन्छ।

उसले भ्रष्टाचारकै बिरूद्धमा बंन्दुक छोपेको हो,
भन्छ भ्रटाचार मेरै आर्थिक समाधान सँग हुन्छ।

यहाँ त आर्थिक लाभ पद प्रतिष्ठाको लाभ लिन,
भ्रष्टाचार वेइमान पनि जुडेको परान सँग हुन्छ।

अब राम्रो लाग्न थाल्यो पार्टी पनि आँशिक सुध्रे,
अब फेरी चुनावी तालमेल पनि शान सँग हुन्छ।

यहाँ त मनपरि हुन्छ नेतामा वृद्धा र छन् महिलाँ,
देशकै मुहार फेर्ने त खाडी की जापान सँग हुँन्द।

चर्चामा

सम्बन्धित समाचार