शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बाम्का बजारका अग्नीपीडितलाई हिमाली गाउँपालिकाले एक लाख सहयोग गर्ने

बाम्का बजारका अग्नीपीडितलाई हिमाली गाउँपालिकाले एक लाख सहयोग गर्ने

  • सोमवार, जेष्ठ २७, २०८२
बाम्का बजारका अग्नीपीडितलाई हिमाली गाउँपालिकाले एक लाख सहयोग गर्ने

बाजुरा— बुढीगंगा नगरपालिका वडा न ६ मा रहेको बाम्का बजारमा हालै भएको आगलागीबाट पीडित भएका परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि हिमाली गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले पीडितलाई रु एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । आगलागीबाट क्षति बेहोरेका स्थानिय व्यापारीहरुलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले सहयोग स्वरुप साे रकम दिने गाउँपालिकाले जनाएको छ ।
हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले एक बिज्ञप्ती जारी गर्दै मानवीय सहयोगका हिसाबले राहत रकम उपलब्ध गराउने निर्णय गरिएको बताएका छन । त्यस्तै आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा लाग्न र सहयोग गर्न सबैलाई अपिल गरिएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो क्षति भएको थियो। क्षतिको यथोचित मूल्याङ्कनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा मूल्याङ्कन कार्य अघि बढाएका छन् । यस सहयोगले पीडितलाई तत्कालिक राहत प्रदान गर्ने र पुनःस्थापनामा टेवा पुग्ने विश्वास गरिएको छ ।
May be an image of text

चर्चामा

सम्बन्धित समाचार