• होमपेज
  • समाचार
  • माधवकुमार नेपालको सांसद पद निलम्बन

माधवकुमार नेपालको सांसद पद निलम्बन

  • बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपालको सांसद पद निलम्बन

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे । भ्रष्टाचारविरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार