
बाजुरा १७ जेठ— नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा, बाजुराले फलफुल वितरण गरेको छ । स्थापना दिवसको स्मरणमा जिल्ला अस्पताल बाजुरामा शनिबार फलफूल वितरण कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान भन्ने नारा सहित सञ्चालित कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन बाजुरा जिल्ला अध्यक्ष संगीता तिमिल्सेनाले गरेकी थिईन ।
कार्यक्रमको प्रमुख अतिथी प्रेस युनियन पूर्व केन्द्रिय सदस्य दयाराम पण्डित रहेका थिए भने कार्यक्रममा नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह, बडिमालिका नगरपालिकाका पूर्व वडा अध्यक्ष तथा नेपाली काँग्रेसका नेता प्रकाश रावल, नेपाल बिद्यार्थी सघ बाजुरा अध्यक्ष जनक थापा, जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीको उपस्थिति रहेको थियो ।
त्यस्तै प्रेस चौतारी नेपाल जिल्ला समिति सचिव शुशिल रोकाया समाजबादी प्रेस संगठन जिल्ला अध्यक्ष उमेशजंग शाही लगाएत युनियनका पदाधिकारीहरू, सदस्यहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी स्वास्थ्य लाभको कामना प्रदान गरिएको थियो ।
नेपाल प्रेस युनियन पूूर्व केन्द्रिय सदस्य दयाराम पण्डितले यस्ता कार्यक्रमहरूले पत्रकारिता क्षेत्रको सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउने र समुदायसँगको सम्बन्धलाई प्रगाढ बनाउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहले प्रेस स्वतन्त्रता, पत्रकारको अधिकार र सामाजिक योगदानका विषयमा पनि जोड दिएका थिए । जिल्लाको विकासका लागि पत्रकारले सकरात्मक समाचारमा जोड दिने र जिम्मेवार निकाएलाई घचघत्याउन प्रतिबद्ध हुनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै बडिमालिका नगरपालिकाका पूर्व वडा अध्यक्ष प्रकाश रावलले पत्रकारहरुको कलमले नागरिकहरुको जीवन स्तरमा महत्वपूर्ण भूमीका रहेकोले समाचार सप्रेषणलाई तथ्य पुष्टि हुने जनगरिकका आवाज बिन्न शुभकामना दिए ।नेपाल प्रेस यूनियनले आफ्नो ३४ औं स्थापना दिवस विविध कार्यक्रम गरेर साता ब्यापीरुपमा गरिरहेको छ ।
