• होमपेज
  • सुचना प्रबिधी
  • कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने, अन्य प्रदेशमा के हुन्छ ?

कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने, अन्य प्रदेशमा के हुन्छ ?

  • शनिबार, जेष्ठ १८, २०८२
कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने, अन्य प्रदेशमा के हुन्छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ । आइतबारदेखि असोज २४ गतेसम्मको चार महिना लामो मनसुन सुरु हुँदैछ।

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षा भएको महाशाखाको भनाई छ । महाशाखाले पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।’

राती पनि कोशी प्रदेश र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार