बाजुरा १६ जेठ– सर्जक तथा गायक चित्र बिष्टको हृदयका प्यारा देउडा गित सार्वजनिक भएको छ । गायक चित्र बिष्ट र लोकप्रीय गायिका पूर्णकला विसीको आवाजमा रहेको देउडा गितमा माया प्रेमका गाथाहरु समेटिएर चर्चा गरिएको छ ।
गायक बिनोद बाजुरालीको लय तथा एरेन्जमा तयार पारिएको गितका शब्द गायक चित्र बिष्टकी जीवन संगीनी प्रमिला थापाले लेखेकी हुन । चर्चित निर्देशक भिम थापाको निर्दैशनमा तयार पारिएको गितको अभिनया मोडेल टेक विष्ट र मेनुका खड्काको रहेको छ ।
खप्तड फिल्मले दृष्य निर्माण गरिएको म्युजिक भिडियोको छायाङकन अमृत उपाध्यायले गरेका छन् । उक्त गितको म्युजिक भिडियो खप्तड डिजिटल म्यूजिक सिनेमाबाट आज सुक्रबार सार्वजनिक भएको छ ।