शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • देश
  • कुन वस्तुमा भयो भन्सार दर हेरफेर ?

कुन वस्तुमा भयो भन्सार दर हेरफेर ?

  • शुक्रबार, जेष्ठ १७, २०८२
कुन वस्तुमा भयो भन्सार दर हेरफेर ?

काठमाडौं- सरकारले विभिन्न देशबाट आयात हुने वस्तुमा लाग्दै आएको भन्सार दरमा हेरफेर गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा पेस गरेको आगामी आर्थिक वर्ष २०८२÷ ८३ को बजेटले आयात हुने वस्तुमा लाग्दै आएको भन्सार दर हेरफेर गरेको हो ।

यी वस्तु आयातमा भएका छन् भन्सार दर हेरफेर :

– सार्क मुलुकबाट किसमिस आयात गर्दा मूल्यको ७.२५ प्रतिशत भन्सार लाग्दै आएकोमा आगामी आवमा घटेर ६ प्रतिशतमा झरेको छ । त्यसैगरी अन्य मुलुकबाट आयात भएको किसमिसमा मूल्यको १५ प्रतिशत भन्सार लाग्दै आएकोमा १० प्रतिशतमा झरिएको छ ।

– बोधिचित्तका दाना सार्क मुलुकबाट आयात गर्दा ६ प्रतिशत भन्सार महसुल लाग्छ । यो चालु आव बराबर हो । तर, सार्क बाहेकका मुलुकबाट आयात गर्दा भन्सार दर पनि १० प्रतिशत यथावत नै छ ।

– चुकन्दरको चिनी सार्क मुलुकबाट आयात गर्दा ६ प्रतिशत रहेको छ । तर, अन्य मुलुकबाट आयात गर्दा ३० प्रतिशत रहेकोमा घटाएर १५ प्रतिशतमा झरेको छ ।

– सख्खर आयात गर्दा ३० प्रतिशत भन्सार लाग्दै आएकोमा १५ प्रतिशतमा झरेको छ ।

– चिनी, खुँदोजन्य पदार्थ आधाले घटाएर आयातमा १५ प्रतिशत भन्सर तोकिएको छ ।

– प्रतिलिटर स्पिरिट ६० रुपैयाँको ३० प्रतिशत कायम गरिएको छ ।

– माल्टबाट बनाइएको बियर आयात गर्दा प्रतिलिटर २ सय रुपैयाँ भन्सार लिइँदै आएकोमा आगामी आवदेखि ८० प्रतिशत कायम गरिएको छ ।

– प्रतिलिटर २ हजार रुपैयाँ भन्सार लाग्दै आएको ब्रान्डीमा १ सय प्रतिशत भन्सार लगाउने भएको छ ।

– ह्विस्की कच्चापदार्थमा प्रतिलिटर १ हजार ५ सय कर लाग्दै आएकोमा मूल्यको ८० प्रतिशत कायम गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार