
हाल सोध्नेहरू पनि त त्यो वेला कहाँ सोध्छन्,
जुनवेला आफुलाइ हुन्छ झमेला कहाँ सोध्छन्।
घाइते भएपछि बल्ल ऊ गुलदस्ता लिएर आयो,
लडिरहेको वेला मित्रहरू अकेला कहाँ सोध्छन्।
भुँइको टिप्दा खोल्टीको खसेपछि नै थाहा भयो,
त्योपनि त परेछ दुश्मनको फेला कहाँ सोध्छन्।
देखिन अचेल काम गर्नेहरूलाई कसैले सोधेको,
अल्छिहरूको नै हुन्छ दिनौँ भेला कहाँ सोध्छन्।
यो पुँजि प्रधान समाजमा तिमिले दुःख नदेखाए,
पैसा छ भने हायहाय न भए धेला कहाँ सोध्छन्।
ताकत,पैसा पद वा नेताकै चम्चा अचेल छ यस्तै,
सोजा इमानदारलाई त गर्छन् हेला कहाँ सोध्छन्।
