
जनपक्षीय पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मंगलवार देशभर विभिन्न कार्याक्रम गरी मनाईदै छ । जनपत्रकार संगठन नेपालले देशका विभिन्न ठाउँमा अन्तरक्रिया, छलफल, विचार गोष्ठी तथा पुस्तक विमोच जस्ता कार्यक्रम राखेर कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाउन लागेको हो ।
काठमाडौमा जनपत्रकार संगठन नेपाल र अखिल नेपाल जनसांस्कृतिक महासंघको संयुक्त आयोजनमा ‘प्रगतिवादी साहित्य र समकालिन पत्रकारिता’ विषयक सम्वाद कार्यक्रमको आयोजना गरिएको छ । सम्वाद कार्यक्रममा वरिष्ठ कलाकार माईला लामा, डाक्टर अमर गिरी, साहित्यकार इश्वरचन्द्र ज्ञवाली, संगिता खड्का र उमीद वाग्चनले सम्वोधन गर्दै हुनुहुन्छ ।
‘कृष्ण सेन (इच्छुक)को स्मृतिका अवसरमा जनपत्रकार संगठन नेपाल बागमती प्रदेश समितिले चितवन, लुम्बिनी प्रदेश समितिले दाङ, सुदूरपश्चिम प्रदेश समितिले धनगढी र अन्य प्रदेश तथा जिल्लाहरूले विभिन्न ठाउँहरुमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
